कोहलपुर सहित बाँकेमा २४ जनामा कोरोना पुष्टि

 नेपालगन्ज,  बाँकेका २४ जनामा कोरोना भाईरस पुष्टि भएको छ । बिहिबार थपिएका संक्रमितहरुमध्ये कोहलपुरका १७ जना रहेका छन भने जानकीका ६ जना र नेपालगन्जका १ जना रहेका छन ।

कोहलपुरमा केहि दिन यता कोरोना संक्रमणको दर बढ्दै गएको छ । हिजो मात्रै कोहलपुरका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमणको दर बढ्दै गएपछि कोहलपुर नगरपालिकाले भोली शुक्रबारसम्मकालागि कोहलपुर नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । यद्यपी निषेधाज्ञाको समयमा समेत कोहलपुरमा संक्रमण फैलिनेक्रम तिब्र देखिएको छ ।