काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं, उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल बढी छन्। महाशाखाका अनुसार ४१५ मोटरसाइकल नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई छानबिनपछि मात्रै कहिले छाड्ने भन्ने निक्र्यौल हुने उनले बताए।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाका प्रशासन कार्यालयले सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेका छन्।