कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ भाद्र ४, बिहीबार १६:५५
प्रकासित समय : १६:५५
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ७, पर्साका ३, बाराका २ तथा बाँकेका ३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै सुर्खेत, कालिकोट, रुकुम पश्चिम, अछाम, महोत्तरी र काठमाडौंका १–१ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना पुष्टि भएको छ। अहिले थपिएका ३३ जनासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १६३ पुगेको छ। जसमध्ये १ हजार ९४५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।