सांसद बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या भयो’
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद मोहन बानियाँले आफनो चरित्र हत्या भएको बताएका छन् । उनले आफनो लामो राजनैतिक जिवनमा गरिएको तिकडम भएको जिकिर गरेका छन ।
सांसद बानियाले कुसेन्युजसंग कुरा गर्दै भने आफूमाथि लागेको आरोप सरासर गलत हो यो मेरो राजनितिक जिवनलाई ध्वस्त पार्ने खेल हो ।
कुसेन्युजमा प्रकाशित नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ शीर्षकको समाचारलाई लिएर सांसद बानियाँले आफूमाथि चरित्र हत्या गर्न खोजिएको दाबी गरे।
उनले भने, ४० वर्षे राजनीतिक जीवनमा मैले कसैलाई पनि नराम्रो दृष्टिले हेरिन। मानव हो सानातिना भूलहरु भए होलान्। त्यो आफ्नो ठाउँमा छ। तर, जुम्लाकी शान्ति शाहीसँग मेरो कुनै अनैतिक सम्बन्धका हिसाबले फेशबुकमा बोलिएको होइन। समान्य संगठनका हिसाबले कुरा भएको हो ।
कहिलेकाँही बोलचाल हुन्थ्यो। राम्रै सम्बन्ध हो। यसरी एक्कासी सामाजिक सञ्जालमा आएर लेखेको देख्दा मलाई पनि आश्चार्य लागेको छ।’ जुम्ला, हिमा गाउँपालिका १ बस्ने शाहीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै आफ्नो ज्यान लिने अवस्थामा पुर्याएकोसमेत आरोप लगाएकी थिइन्। अश्लिल तथा नग्न तस्बिरहरु पठाउने गरेको आरोप लागाएकी छन्।
यता जुम्लाको हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत विद्यालयकी प्रध्यानाध्यापक समेत रहेकी शाहीले आफुलाई निरन्तर अनावश्यक रुपमा मेसेन्जरमा अश्लिल तस्बिरहरु पठाउने गरेको र त्यहि मेसेजका कारणआफ्नाे ज्यान धरापमा परेकाे बताएकि छन् । उनले गल्ति सहज ढंगले नस्विकारे कानुनी बाटाे अबलम्बन गर्ने समेत चेतावनी दिएकी छन ।