कर्णाली प्रदेशका एक सांसदसहित क्याम्पस प्रमुखमा पनि कोरोना संक्रमण

सुर्खेत , कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको हो।

प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि कोरोना पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुलाई कोरोना संक्रमण देखिएको हो।