उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र ३, बुधबार १६:४४
प्रकासित समय : १६:४४
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितमध्ये काठमाडौँका ४५ महिला र ९३ पुरुष, ललितपुरका ७ महिला र १० पुरुष तथा भक्तपुरका २ महिला र ६ पुरुष रहेका छन् । मंगलबार मात्र काठमाडौँ उपत्यकामा २०५ जनामा कोरोना देखिएको थियो ।