नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएपछि मृतकको कुल संख्या १२० पुगेको हो ।

देशभरका अस्पतालका आईसीयूमा १३१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैगरी ६ जना संक्रमित भेन्टिलेटरमा छन्। ती सबै बागमती प्रदेशमा छन्।