विप्लव नेकपाद्धारा बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले मंगलवार राती कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।बुधवार नेकपाका अछाम जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै बाढीमा परी बेपत्ता भएकाहरूको खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र ज्यान गुमाएकाहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका बस्तीहरूलाई उपयुक्त स्थान छनोट गरी स्थानान्तरण गर्न समेत माग गरेको छ । मङ्गलबारदेखिको अविरल वर्षापछि कैलास खोलामा आएको बाढीले बगाउँदा रामाशोसन गाउँपालिका वडा न. ५ सैनीका बजारका १७ जना भन्दा बढीलाई वेपत्ता वनाएको थियो । भने हाल सम्म ७ जनाको सव भेटिकोएको छ ।

नेपाली सेनाको हेलिकप्टर सहित नेपाली सेना, ससत्र प्रहरी, नेपाल प्रहरी र स्थानीयद्धारा उद्धार तथा खोजि कार्य जारी रहेको छ ।

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले मंगलवार राती कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।

बुधवार नेकपाका अछाम जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै बाढीमा परी बेपत्ता भएकाहरूको खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र ज्यान गुमाएकाहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका बस्तीहरूलाई उपयुक्त स्थान छनोट गरी स्थानान्तरण गर्न समेत माग गरेको छ । मङ्गलबारदेखिको अविरल वर्षापछि कैलास खोलामा आएको बाढीले बगाउँदा रामाशोसन गाउँपालिका वडा न. ५ सैनीका बजारका १७ जना भन्दा बढीलाई वेपत्ता वनाएको थियो । भने हाल सम्म ७ जनाको सव भेटिकोएको छ ।

नेपाली सेनाको हेलिकप्टर सहित नेपाली सेना, ससत्र प्रहरी, नेपाल प्रहरी र स्थानीयद्धारा उद्धार तथा खोजि कार्य जारी रहेको छ ।

यस्तो छ विज्ञप्ति