बाढीले बगाउँदा नरहरिनाथ गाउँपालिकामा ४ जना वेपत्ता

कालिकोट, जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ को लेक चौथेमा मंगलबार राती आएको बाढीले बगाउँदा ४ जना वेपत्ता भएका छन्।गा पाका रोजगार संयोजक दिपेन्द्रबहादुर बुढाका अनुसार अबिरल वर्षाका कारण बाढीले गोठ बगाउँदा वेपत्ता बनेकाहरुको उद्धार कार्य जारी छ ।

गा पाको बागादेखि खाती रुप्सासम्मको वस्ती पहिरोले सखाप बनाएको छ। गापाको वडा नम्बर ५ का दुई सय ५० घरपरिवार भारी वर्षाकाबीच त्रिपालको भरमा बस्न बाध्य छन्। खोला किनाराको खेतीबाली, पानी घट्टसहित दर्जनौं वस्तुभाउ बगाएको छ।उक्त बस्तिलाई वडा नम्बर ४ को लेकमा रहेको आडेकाध पाटनमा सार्ने गापको तयारी थियो। मंगलबार मात्रै गाउँपालिकाको टोलि उक्त क्षेत्रको स्थलगत भ्रमण गरि बुधबार बिहान गाउँपालिका पुग्न नपाउदै घटना घटेको बुढा बताउँछन्।

चौथे लेकमा स्थानीयहरु भैंसी, बाख्रा लिएर बस्ने लेक हो। स्थानीय सरकार, नेपाल प्रहरी, स्वास्थकर्मी र स्थानीय बासी उद्धारमा खटिएका छन्। गापाका हालसम्म बाढी पहिरोमा परेर १५ जनाको ज्यान गइसकेको छ। चार जना वेपत्ता छन्।

                                                                                                                                     कर्णाली सन्देशबाट