नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ

सुर्खेत , नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न तस्बिरहरु पठाउने गरेको आरोप लागेको छ ।

सांसद बानियाको उक्त क्रियाकलापको बारेमा शान्ती शाहीले आफनो फेसबुकवालमा उक्त रहस्य उघारेकी हुन । शाहीले आफनो फेसबुकवालमा स्टाटस लेख्दै भनेकी छन् माननीय ज्युले आफनो पदको दुरुपयोग गर्दै दुनियाका चेलिबेटी महिलालाई अनाबश्यक अश्लिल तस्बिर पठाई घरमा फाटो ल्याई ज्यान जाने खतरामा पुर्याउनु के जायज हाे ? जुम्ला हिमा गाउँपालिका १ बस्ने शाहीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै उक्त कुराकाे रहस्य उदघाटन गरेकी हुन ।  उनले  आफुलाइ ज्यान लिने अबस्थामा पुर्याएको समेत बताइएकी छन ।

जुम्ला हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत बिद्यालयकी प्रअ समेत रहेकी शाहीले आफुलाई निरन्तर अनाबश्यक रुपमा मेसेन्जरमा अश्लिल तस्बिरहरु पठाउने गरेर मानशिक टर्चर दिएकाे बताएकी छन  । उनले त्यहि मेसेजका कारण श्रीमानको तनाब भोग्नु परेको जिकिर गरेकी छन ।  गत चैत्र ८ गते सांसद बानियलाई पारीबारीक रुपमा माफी माग्न अनुरोध गरेपनि उनले आलटाल गरेको बताएक छन ।

उक्त बिषयमा सांसद बानियासंग सम्पर्क गर्दा उनले शाे बिषयमा कुरा गर्न चाहेनन् । बानिया पुर्व एमालेबाट संघिय सांसद हुन ।

यस्ताे छ उनकाे स्टाटस