उपप्रधानमन्त्री पोखरेलद्धारा राष्ट्रकवि घिमिरेको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान

काठमाडौं, राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज विहान घिमिरेकै निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् । घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न अहिले आफन्त लगायत सरकारका उच्च पदस्थ व्यत्तिहरु पनि उहांको निवास पुगेका छन ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । उहांको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँने पारिवारिक स्रोतले जनाएको छ ।