भीरबाट खसेको ढुङ्गा लागेर मजदूरको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र ३, बुधबार १५:५७
प्रकासित समय : १५:५७
दार्चुला, दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।
मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । ढुङ्गा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको छ । मृतक धामी गत चैतदेखि मकरीगाड हाइड्रोपावरमा कार्यरत थिए । मृतकका एक छोरा र श्रीमती छ ।