नेपालमा कोरोनाबाट बुधवार ६ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि हुनेमा काठमाडौँ र बर्दियामा १/१ जना पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका १/१ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । जसमा पुरुष ९१ जना र महिला २९ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। १२० जना संक्रमण मुक्त भएका छन् ।