थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ५ लाख ५४ हजार ३८८ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे छ।

हाल विभिन्न क्वारेन्टिनमा १३ हजार ५७१ जना बसिरहेका छन्। पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० रहेको छ। मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ। तीमध्ये ७ हजार ९८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने अरु घरमै रहेका छन्।