चितवनमा थप ३० जनामा कोरोना पुष्टि

चितवन,चितवनमा आज (बुधबार) थप ३० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३० वटा रिपोर्ट पोजिटिभ र बाँकी नेगेटिभ आएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

थपिएका संक्रमितमा चितवन जिल्लाका २०, नवलपुरका ५ तथा महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक–एक जना रहेको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिएकी छिन् । चितवनमा थपिएका २० संक्रमितमध्ये भरतपुरका १२ जना, खैरेनीका ५, राप्तीका २ जना र रत्ननगरका १ जना छन् ।