गण्डकीमा थपिए १४ जना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र ३, बुधबार १०:२७
प्रकासित समय : १०:२७
काठमाडौं,गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १२ र तनहुँका दुई जना छ।
कास्की पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको हो। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।