कर्णालीमा थपिए ४३ जना कोरोना संक्रमित

सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा ३० जनामा ३० जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये सबैभन्दा धेरै सल्यानको बनगाड कुपिन्डेका १७ जना छन्। त्यसैगरी सुर्खेतका १० जना, दैलेख, डोल्पा र कास्कीका १–१ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ९ र बाँकेका १ जनामा कोरोना संत्रमण पुष्टि भएको छ।

दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका ४३ जनासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १३० पुगेको छ। यस्तै कर्णाली प्रदेशमा हालसम्म १ हजार ९३२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १९२ छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।