देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु

भालुवाङ,देउखुरीमा आज टिप्परको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँ निवासी सचिन कुमालका छोरा बर्ष ५ का साकेत कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

भालुबाङबाट लमही तर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । यता बालकका शब भने घटना स्थलबाट उठ्न सकेको छैन ।

मृतक बालकका बुवाआमा भारतमा रहेकोले उनीहरूले आफू नआउँदै शब नउठाउन भने पछि शब उठ्न नसकेको स्थानीय भिसुन शाहीले जानकारी दिएका छन् । यधपी बालकको शब उठाउने बिषयमा पिडित परिवारका आफन्त र प्रहरी बीच छलफल भईरहेको बताइएको छ ।