पचालझरनामा कुनैपनि प्रकारका सामुहिक कार्यक्रम गर्न नपाइने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा कोभिड १९ को महामारी रोकथामका लागि कुनैपनि प्रकारका सामुहिक भेला गर्न नपाइने बताइएको छ । कोरोना भाइरस संक्रमणले ब्यापक रुप लिइरहेको बेला कुनैपनि भेला,गोष्ठि तथा जमघट गर्न नपाइने भएको हो ।

मंगलबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबकुमार पौडलद्धारा जारी बिज्ञप्तीमा कुनै पनि भेला, जमघट हुन नपाइने बताइएको छ ।

पालिकामा भारत लगायत बिभिन्न ठाउँबाट भित्रिनेहरुले गर्दा कोरोना जोखिम बढेको भन्दै सचेतनाका लागि अनाबश्यक भिडभाड नगर्न आग्रह गरिएको हो । अर्को सुचना जारी नहुदासम्मा गाउँपालिकाभर कुनैपनि प्रकारका जात्रा,पैठ,मेला भोजभतेर गर्न नहुने सुचनामा उल्लेख गरिएको छ ।

यस्तो सुचना

गाउँपालिकाले तिजलाई समाजिक दुरी कायम गर्दै घरायसी सरसफाइमा सुदयोग गर्न अनुरोध गरिएको छ । सुत्केरी गर्भवति महिलाको हेरचाह, छाउपडि प्रथाको अन्त्यका लागि जनचेतनामुलक कार्य गर्न सुझाइएको छ ।