काठमाडौं उपत्यकामा २०५ सहित मंगलबार नेपालमा १०१६ कोरोना संक्रमित

काठमाडौं ,आज मंगलबार मात्रै नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।यो संगै नेपालमा संक्रमित हुनेको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घरफर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पत्रकार ब्रिफिङ मार्फत जानकारी दिएका ।

भने आजै मात्रै कोरोना संक्रमणबाट ७ जनाको मृत्यू भएको छ । मृतकको संख्या १ सय १४ पुगेको छ ।