प्रदेश १ मा आज १३९ जना कोरोना संक्रमित ,अहिलेसम्मकै उच्च
विराटनगर, प्रदेश १ मा आज मंगलबार १३९ जना कोरोना संक्रमितपुष्टि भएको छ । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो।मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन्।मन्त्रालयका अनुसार विराटनगरमा ९६ जना संक्रमित थपिएका छन्, जसमा ३१ महिला र ६५ पुरुष छन्। बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला र ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला र २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २३२ पुगेको छ ।प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १३३ पुगेको छ ।प्रदेश १ मा मंगलबार २ हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७० हजार १०२ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।