नेपालको राष्ट्रिय झन्डा जलाउने समु इसाक लिम्वु पक्राउ

काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न झण्डा जलाउने समु इसाक लिम्वु पक्राउ परेका छन ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।युट्युव च्यानल मार्फत देशद्रोही नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको थियो ।

भिडियोका गायक गेल्जङ दोर्जे तामाङ लगाएत अन्यको खोजी जारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।