नेपालको राष्ट्रिय झन्डा जलाएर भिडियो बनाउने एकजना पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन तर, स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन् ।गायक ग्याल्जेन दोर्जे तामाङको सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त विवादीत गीतको विषयमा प्रहरीले अनुसन्धान अघि बढाइएको छ । उत्त गीतको भिडियोविरुद्ध अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ । भिडियोमा नेपाली झण्डा जलाइएको छ ।
गीतमा ब्राह्मणलाई देशद्रोही, झण्डालाई ब्रा, ढाका टोपीलाई ढाल जस्ता शब्दको प्रयोग गरिएको छ । भिडियोलाई हटाउन समेत माग गरिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त भिडियो सुटिङ गरेको देखिन्छ ।मुलुकी अपराध संहिता २०७४ ले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।