आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्दै

काठमाडौं, मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी रणनीति तय गर्ने बारे निर्णय गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न साँझ ५ बजे सिसिएमसीको बैठक सिंहदरबारमा बस्न लागेको हो।

काठमाडौं लगायत देशभर नै कोरोना संक्रमणको दर उच्च देखिएको र मृतकको संख्या समेत बढ्न थालेपछि अबको रणनीति के हुने र कसरी के कसरी अघि बढ्ने भन्ने बारे छलफल गर्न बैठक बस्न लागेको सिसिएमसीका एक सदस्यले कुसे न्यूजलाई जानकारी दिए ।

धेरै संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका वा अन्य के उपाय र तयारी अपनाउन सकिन्छ यसबारे छलफल हुने बुझिएको छ । सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्। तर पछिल्लो समय राजधानी उपत्याकामा समेत संक्रमितको संख्या दैनिक बढेपछि भने सरकारको बल्ल ध्यानआर्कषण भएको छ ।