नेपाल प्रहरीमा कोरोना त्रास, मुलुकभर ६ सय ५४ जना प्रहरी संक्रमित
काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा कार्यरत ६ सय ५४ जना नेपाल प्रहरी कोरोनाबाट संक्रमित भएका छन ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआइजी सहित मुलुकभर मंगलबार सम्म ६ सय ५४ जनामा कोरोका संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका हुन् । यो संख्य अर्झै बढ्ने अनुमान गरिएको छ ।
महाराजगंजस्थित प्रहरी अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको थियो । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म मुलुकभर ६ सय ५४ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ । भने २५४ जना डिस्चार्ज भएका छन् ।
हाल प्रहरीमा ४०० जना संक्रमितको उपचार भइरहेको प्रवक्ता कडायतले जानकारी दिए । जसमध्ये प्रहरी प्रधान कार्यलयमा मात्रै १ सय ६३ जना छन ।
काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, वाग्मती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन ।