२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ
एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ ।
डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको निश्कर्ष निकालेको हो ।
पहिले ६०–६५ उमेरका मानिसहरुमा बढी कोरोना देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवापुस्ताका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढिरहेको छ । यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरु बढी जोखिम र प्रभाव पारेको पनि डब्लूएचओको भनाइ छ ।
करिब ९ महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर संक्रमित हुनेको संख्या २ करोड १८ लाखभन्दा बढी पुगेको छ । त्यस्तै कोरोनाबाट ७ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । उत्तिकै संख्यामा कोरोना संक्रमितको संख्य पनि बढ्दै गइरहेको छ ।