कोरोना कहरः जुम्लाबाट भोकभोकै हिडेर नेपालगन्ज पुग्नु बाध्यताकी रहर ?

सुर्खेत,  सर ! हामीलाई तिर्खाले मार्यो लौ न पानीको ब्यवस्था गरिदिनुस । धाराको पानी पिउन गयो गाली गर्छन नपिउ मरिने अबस्थामा पुगियो । कृपाय धर्म गरी हामीलाई बचाउनुस । भोक भन्दा तिर्खा बढि भयो । 

जुम्लाबाट ६ दिन अगाडि हिडेका बाँके राप्ती सोनारीका भिम बहादुर बिकले बोले । टन्टलापुर गर्मी, पसिनाले निथु्रक्क भिजेको शरिर बोराले बेस्कन थिचिएको भारी प्रशासनको निषेधाज्ञाका बिच बिच सडकमा हिडिरहेका उनिहरु हामीलाई देख्ने बित्तिक्कै मुख खोेले ।

सबैलाई यसरी बोल्न कहाँ सकिन्छ र सर हजुरको जकेटमा प्रेस लेखेको देखेर जे परे पर्ला पत्रकारसंग बोल्दा केहि राहत हुन्छ भन्ठानेर बोल्यौँ ।

कस्तो हुन्छ तिर्खाएको पिडा ? सोमबार सुर्खेतको मध्य सडकमा हिडिरहेका मजदुरहरुको ब्यथा हो यो ।

जुम्लाको हिमा गाउँपालिका आचार्यलिमा कामको शिलशिलामा पुगेका बाँके राप्तीसोनारीका १२ जना मजदुरहरु सुर्खेत पुगेका छन ।  कामको शिलशिलामा जुम्ला पुगेका उनिहरु लकडाउन अझै लम्बिने भएपछि हिडेर सुर्खेत पुगेका हुन ।

 

लकडाउनका कारण यातायात नचलेपछि उनिहरु हिडेरै बाँके पुग्ने योजना सहित ६ दिन अगाडि जुम्लाको आर्चाय लिबाट हिडेका हुन ।

राप्ती सोनारीका भिम बहादुर बिकले भने हामी जुम्लाबाट हिडेको ६ दिन भयो गोजीमा सुक्को छैन । बाटोमा पानी दिने मान्छे भेटिदैन । नल्काको पानी समेत खाना दिदैनन् । भोकभोकै हिडेर हामी यहाँ पुगेका छौँ ।

मनकारी अध्यक्ष सेजुवाल तिर्खाएकाहरुले भने सडकमा भगवान पनि हुदारहेछन्

जुम्लाबाट ६ दिन अगाडि हिडेको टोली त्यहि सडकमा हिडिरहेको देख्दा कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालकाे मन पग्लिएछ सायद । तमाम नेता,जनप्रतिनिधि, फेसबुके समावजेबीहरूले ति मजदुरहरूलाइ देखेनन् । मनकारी सेजुवालले भारी कम्ला कथर्का बाेकेर हिडिरहेका दर्जन बढि युवा मजदुररूलाइ देखेछेन् । 

सेजुवाल पानी बिस्कुट सहित उक्त टोली भएको ठाउँ पुगे साेधपुछ पछि  बितरण गरे । आफनो पकेट खर्चबाट पानी र बिस्कुट बितरण गरेको थाह पाएपछि ति मजदुरहरुले सेजुलाईसंगै तस्बिर खिच्न आग्रह गरे ।

र भने बाटोमा भगवान पनि बस्दा रहेछन । गाउँपालिका अध्यक्ष भन्ने जानकारी नपाएका उनिहरुले अध्यक्ष सेजुवाललाई पसिना, प्यासको आर्शिवाद टक्रयाए । सेजुवालले कर्णालीका आन्तिरिक मामला मन्त्रीलाई फोन गरेर उनिहरुको ब्यवस्थापन गरिदिन अनुरोध गरे ।

दृश्य देखे सिडियाे सापले पिडा देखेनन् हेरेर फर्के 

सुर्खेतमा निषेधाज्ञ थियाे । संभवत त्यहि निषेधाज्ञ अबलाेकन गर्न जम्बाे टाेली सहित सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी प्रहरी प्रमुख लगायत प्रशासकहरूकाे टाेली त्यहि पुग्याे ।

लाग्याे केहि राहत पक्कै हुन्छ । तर भयाे अर्कै उनिहरू टाढैबाट दृश्य नियालेर उनिहर फर्के । बिपतमा परेकाहरूकाे पिडा संबाेधन हुन्छ भन्ने अडकल हामी सबैकाे थियाे । त्याे अड्कलले हावा खायाे ।  तर उनिहरू अगाडिपछाडि सुरक्षाकाे गाडि लगाएर सुटुक्क फर्के….।