दाङ राप्ती गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि

भालुवाङ, दाङमा आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिका वडा १ का ४८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले जारी गरेको सूचनामा राप्ती गाउँपलिकाबाट संकलन गरिएको ४७ वटा स्वाब मध्ये एक जनामा कोरोना पुष्टि भएको बताईएकाे छ । संक्रमित पुरूष साउन २४ गते कतारबाट घरमा आई हाेम क्वारेन्टाइनमा बस्दै आएकाे राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।

हाल विभिन्न मुलुकबाट राप्ती गाउँपालिकामा ११ जना घरमा आई हाेम क्वारेन्टाइनमा बस्दै आएकाे स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिए । त्यस्तै आज नै प्रतिष्ठानमा जिल्ला प्रशासन कार्यालयबाट संकलित ३१ जनाको स्वाबमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । यस्तै प्रतिष्ठानबाट संकलित १९ वटा स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।