नेपालगन्जमा कोरोनाबाट थपको मृत्यु, मृतकको संख्या १०८ पुग्यो

बाँके, कोरोना संक्रमणका कारण बाँकेका थप एक ब्यक्तिको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन । ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनको सोमबार राति ११ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ  यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०८ जनाको मृत्यु भएको छ ।