धुलिखेल अस्पतालमा कोरोनाबाट विहान एक वृद्धको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २, मंगलवार ०८:३९
प्रकासित समय : ०८:३९
काठमाडौं ,कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।