गृहमन्त्री थापाको अगुवा गाडीले स्कूटरलाई ठक्कर , दुईजना घाइते

काठमाडौँ , गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

स्कूटरमा सवार नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका छन् । उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । स्कुटरको पछाडि बस्ने सुजा भने गर्भवती महिला रहेको खुलेको छ ।

लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुजा थापालाई भने बाहिरी चोट नलागेको बताइएको छ ।दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।