गण्डकीमा थप ८ जनामा कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र २, मंगलवार ०८:०२
प्रकासित समय : ०८:०२
काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका २ जना गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ पुगेको छ ।