सिसहनियाँ-पिपरी बजार सरसफाई गरिने,यस वर्षको तीज घरघरमा मनाउन

भालुवाङ ,दाङ देउखुरीको सिसहनियाँ बजार देखि पिपरी बजार सम्म सरसफाई कार्यक्रम हुने भएको छ । हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र सिसहनियाँ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम हुन लागेको हो ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा सोमबार सिसहनियाँमा बसेको बैठकले भदाै ३ गते विहान ७ बजे सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसै गरि बैठकले बढ्दो कोरोना भाइरस संक्रमणका कारण यस वर्षको तीज पर्व घर घरमै बसेर मनाउन महिला दिदीबहिनीहरूलाई अाग्रह गर्दै पछिल्लो समय नेपालीहरुको महत्वपुर्ण चाडपर्ब आईरहेको र कोभिड १९ को जोखीम समेत बढिरहेको भन्दै रातीको समयमा हुने नाचगाना, तीज पर्व र अन्य कुनै पनि कार्यक्रम सञ्चालन नगर्न नगराउन बैठकले अाग्रह गरेको छ ।

साथै बैठकले सुरक्षा मापदण्ड पालना गरि उद्योग ब्यवसाय सञ्चालन गर्न पनि सम्पुर्ण उद्योगी ब्यवसायीहरुलाई अनुरोध समेत गरेको चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।