संवैधानिक आयोगहरुमा सहमतीका आधारमा मात्रै नियुक्ती गर्ने सहमती
काठमाडौँ, आजको बैठकमा संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमतीका आधारमा मात्रै नियुक्ती गर्न तिन नेता सहमत भएका छन ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा यस्तो सहमती भएको हो ।
आजको भेटवार्तामा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव गरेका थिए ।भने कांग्रेस सभापति देउवाले आफ्नो सहमती बिना संवैधानिक आयोगहरुमा नियुत्ती नगर्न आग्रह गरेको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।संविधान बनेको ५ वर्ष हुनै लाग्दा पनि १३ संवैधानिक आयोगमध्ये १० वटामा ३९ पद रिक्त रहेको अवस्था छ । मधेसी, थारू र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त गरिएको छ ।
यी तीनैआयोगमा चार–चार जना सदस्य रिक्त छन् । समावेशी आयोग अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि पदाधिकारीविहीन अवस्थामा छ ।संविधानअनुसारका महिला, दलित र आदिवासी जनजाति आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन

