देउखुरीको गढवामा खोलामा डुवेर एक युवाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १, सोमबार १४:०४
प्रकासित समय : १४:०४
दाङ, भालुवाङ देउखुरीको गढवामा एकयुवाको पानीमा डुबेर मृत्यु भएको छ ।
गढवा गाउँपालिका १ रंसिङखोलामा सोही ठाउँका अन्दाजी ३० बर्षिय बेगम विकको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
कपडा धुन गएको अबस्थामा आईतवार दिउँसो ४ बजेतिर उनको डुवेर मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।