प्युठानमा आमाद्वारा ३ वर्षीया छोरीको घाँटी थिचेर हत्या

भालुवाङ, प्यूठानमा  एक आमाले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेकाे पाइएकाे छ । जिल्लाको सरुमारानी – १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्मा अधिकारीको घाँटी थिचेर हत्या गरेको पाइएकाे हाे।

मानसिक सन्तुलन बिग्रिएको बताइएकी उनले आईतबार सांझ छोरीको हत्या गरेको स्थानियले बताएका छन् । छोरीको हत्या गरेको अभियोगमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।