कोरोना कहर : यस्तो देखिन्थ्यो सुनसान नेपालगन्जको सडक

नेपालगन्ज, बाँके पछिल्लो समय काेराेना कहरले नेपालगन्जको सडक सुनसान देखिएको छ । कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ गरेपछि नेपालगन्जको सडक सुनसान भएको हो ।

कोरोना भाइरस कोभिड १९ रोकथामका लागि निषेधाज्ञ जारी गरेपछि नेपालगन्ज कोहलपुरको सडक प्राय सुनसान हुने गरेको छ । सडकमा छिटपुट रुपमा एम्बुलेन्स लगायतका अत्याबश्यक सेवाका साधनहरु मात्र गुडिरहेका भेटिन्छन् ।

कोरोना सुमदाय स्तरमा फैलिएको भन्दै आजै कोहलपुर नगरपालिकाले भदौ ५ गतेसम्मा निषेधाज्ञ जारी गरेको छ ।