नेकपा बिवाद: महासचिव पौडेल नेतृत्वको कार्यदल सचिवालयद्धारा अनुमोदन

काठमाडाैँ, नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गर्नुपर्ने आवाज उठेपछि सचिवालयको आजको बैठकले अनुमोदन गरेको हो ।

प्रवक्ता श्रेष्ठले कार्यदलका लागि समयसीमा नतोकिएपनि बैठकले कार्यदललाई शुभकामना दिँदै छिटोभन्दा छिटो आफ्नो प्रतिवदेन पेश गर्ने अपेक्षा गरिएको समेत बताए । 

अव कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले निर्णय र सहमती गर्ने समेत जानकारी दिए । फरक प्रशंगमा प्रवक्ता श्रेष्ठले बैठकमा मन्त्रीपरिषद् पुनर्गठनबारे भने कुनै चर्चा नभएको बताए ।