कोरोना समुदायस्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिकाद्धारा निषेधाज्ञा
बाँके, कोहलपुर नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै पुनः निषेधाज्ञा जारी गरेको छ ।नगरपालिका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले भदौ ५ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
योसंगै कोहलपुर नगरपालिकाका कार्यालय र यस क्षेत्रमा अवस्थित अन्य सरकारी कार्यालय र विभिन्न संघ संस्थाहरुवाट प्रवाह हुने सवै किसिमका सेवाहरु पुर्ण बन्द भएका छन् । नगरपालिका भित्र शुरक्षा संयन्त्रको रुपमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।नगर क्षेत्रमा प्रवेष गर्ने चारवटै नाका पुर्ण रुपमा वन्द गरिएको छ । नगरपालिकाको मुख्य बजार मानिने कोहलपुर बजार क्षेत्र पुर्ण रुपमा बन्द छ । भने मानिसहरुको आवात जावत पनि पुर्ण रुपमा ठप्प भएको छ । नगरभित्र चल्ले सवै किसिमका सवारी साधनको ठप्प भएका छन् ।
निषेधाज्ञा जारी गरिए संगै यसको असर सवै क्षेत्रमा परे पनि निम्म स्तरका मजदुरहरु जो दिनभरी केही ज्यालादारीमा काम गरेर होस वा रिक्शा चलाएर आफु र आफ्नो परिवारको पेट पाल्ने गर्छन् । ती मजदुरहरुलाई लकडाउले नगरिखानु र मरिजानु बनाएको छ ।उसो त निषेधाज्ञाको पीडा आम जनताले विगत चार महिना देखि खेप्दै आएका छन् ।
केही समय यता देशैभर केही खुकुलो भए पनि जिल्ला प्रशासन कार्यालयबाँकेले भने सुचना जारी गर्दै जिल्लाभर जारी गरेको निषेधाज्ञा गएको ३० गते देखि मात्र खुलेको थियो । त्यसपछी लगत्तै कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा संक्रमण फैलिएको भन्दै ५ गते सम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।नगरपालिकाको उक्त निर्णय संगै तालि र गालि दुवै मिलेको छ । एकतर्फिले मानिशहरुले उक्त निर्णयको समर्थन गरेका छन् ।
केहीले त यो निर्णयलाई टाउकोमा आएको समस्यालाई केही पर धकेल्ने तत्कालीन उपाय मात्र हो भन्ने गरेका छन् । यसवाट मात्रै समस्याको समधान नहुने वरु स्थानिय सरकारले यसको विकल्प खोज्न पर्ने उनिहरुको तर्क छ ।उसो त नगरपालिकाको उक्त निर्णयको उद्योग बाणिज्य संघले पनि कडा रुपमा विरोध जनाएको छ । विरोध मात्र हैन् वक्तव्य दिएरै लकडाउन उलङ्घन गर्ने सम्मको चेतावनि समेत दियो ।यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत भने रहरले नभई बाध्यताले उक्त निर्णय गर्नु परेको बताउछन् ।
उनले तिजको समयमा मानिशहरुको चहलपहल बढने भएकोले संक्रमण झनै तिब्र रुपमा फैलिन सक्ने कुराको आकलन गर्दै निषेधाज्ञा गरिएको बताए । उनले यसको विरोध नगरी सवैले सहज रुपमा समर्थन गरेर सहयोग गर्नुपर्ने पनि बताए ।