क्वारेन्टाईन भित्रै २२ वर्षे युवाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १, सोमबार १०:५४
प्रकासित समय : १०:५४
इलाम, सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वारेन्टाईन भित्रै एक युवाको मृत्यु भएको छ । साउन २६ गते भारतको हैदरबादबाट आएर विद्या मन्दिरको क्वारेन्टाईनमा बसेका २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको हो ।
सूर्योदय नगरपालिका वडा नं ९ घर भएका उनको कोरोनाका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको रिपोर्ट आउन बाँकी छ । साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले जनकारी दिए । मृतक युवा आइतबार अकस्मात बिरामी भएका थिए ।
स्वासप्रश्वासमा समस्या देखिएका उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाईनमै आएर उपचार गरेका थिए । सामान्य उपचारपछि चिकित्सक फर्किएका थिए भने उनको राति नै मृत्यु भएको हो ।