एकाबिहानै यस्तो देखियो सुर्खेतको निषेधाज्ञ (फोटोसहित)

सुर्खेत, बिरेन्द्रनगरमा आजदेखि जारी भएको निषेधाज्ञको प्रभाव परेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार आज भदौ १ गतेदेखि निषेधाज्ञ जारी भएको थियो ।

कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज १ गते बिहानदेखि भदौ ५ गते राति १२ बजेसम्म जारी गरेको छ । जारी निषेधाज्ञको प्रभावले सुर्खेत बजार पुर्ण रुपमा ठप्प भएको छ भने सडकमा छिटपुट मान्छेहरु हिडिरहेका भेटिन्छन ।

प्रहरीले निषेधाज्ञ उलंघन गर्ने करिब दुई दर्जनलाई बिाहानै नियन्त्रणमा लीएको जनाएको छ । उनिहरुलाई पहिलो दिन भएकोले सम्झाई बुझाई फिर्ता गर्ने बताइएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञ जारि गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताइएको छ । साथै निशेधाज्ञ उलंघन गरे प्रचलित कानुन अनुरूप कारवाहि गरिने समेत जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अत्याबश्यक सेवा, एम्बुलेन्स, शबवहान,दमकल,झन्डावाल गाडि कुटनितिक नियोगका एंब प्रेसका गाडिहरू भने चल्न दिने जनाएको छ ।





