भारतमा कोरोना संक्रमणले ५१ हजार बढीको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १, सोमबार ०७:१८
प्रकासित समय : ०७:१८
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको छ ।