थप ५८१ जनामा कोरोना, संक्रमित संख्या २७ हजार नाघ्यो
प्रकासित मिति : २०७७ भाद्र १, सोमबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप भएका समेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।यसैगरी पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ निको भएका छन् ।