जन्मदिनमा रुख रोपौ साँसद महेश्वर गहतराज(अथक)

नेपालगन्ज, बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)ले पछिल्लो समयमा जन्मदिन मनाउदा रुख रोपेर जन्मदिन मनाउनुपर्ने बताएकाछन । हरेक अबिभाबक र शिक्षकले आफ्नो जन्मोत्सवका अवसरमा बिद्यालयमा रुखरोप्ने योजना बनाएमा त्यसले बिद्यालयको सौन्दर्य बढाउनुका साथै वातावरण स्वच्छ राख्ने काम समेत हुने जानाएकाछन ।

 

साँसद अथकले सोमबार कोहलपुर २ स्थित लक्ष्मी मा बि बर्दहवामा भएको एक छलफल कार्यक्रममा यस्तो कुरा बताएका हुन । बिद्यालयको शैक्षिक बिकास र सरोकार पक्षको भुमिका बिषयक छलफल कार्यक्रममा साँसद अथकले आफ्नो निर्बाचन क्षेत्रमा भएको बिकास निर्माणका बिषयमा जानकारी गराउदै उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका टिनको छानो भएका बिद्यालय भवनलाइ बिस्थापित गरि पक्की भवन सहितको बिद्यालय निर्माणमा आफु लागिपरेको बताए ।

 

उनले आफ्नो निर्वाचन क्षेत्र भित्र ६० वटा पक्की कोठा निर्माण गरि करिब २४ सय बिद्यार्थी बस्न सक्ने पक्की कोठा निर्माण गरिसकेको जानकारी गराए । उनले बाँके राप्तीपारीको बिद्धुतिकरण, सडक सँजाल निर्माण, बिद्यालयको पुर्वाधार निर्माणका साथै बिद्यालय लाई प्राबिधिक धारमा लैजानु, सिक्टा सिचाइ आयोजना कोहलपुरको सिटि हल भवन निर्माण ,बुटानिकलपार्क निर्माण रिङरोड, बाल अस्पताल निर्माण लगायतका बिकास निर्माणले गति लिइसकेको हुदा बाँके समृद्धिको पाइलामा अघि बढेको जनाए ।

कार्यक्रममा लक्ष्मि मा बि बर्दहवाका प्र अ बद्रि सापकोटाले बिद्यालयको रणनितिक योजनाका साथै कृषि धारमा गई सकेपछी बिद्यालयले भोग्नुपरेका चुनौतीका बारेका जानकारी गराउदै छात्रवासको लागि भवन निर्माणको माग गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम पुलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २ नँ वडाका वडा अध्यक्ष कर्ण सिङ बि सि नेकपा कर्णाली प्रदेसका प्रदेस कमिटी सदस्य कृष्ण बि सि नेकपा वडा सचिव हरि राना लगायतले बिद्यालयको बिकासका बारेमा धारणा राकेका थिए ।

कार्यक्रम पश्चात् बिद्यालयले सँचालन गरेको टडेल खेती ,माछापलन लगाएत कृषि कार्यको अवलोकन गरिएको थियो ।