कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज (सोमबार) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालमा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ७, जुम्लाका ३ तथा दैलेख, सल्यान, धनुषा र भारतका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १८ महिने बालकदेखि ५० वर्ष उमेरसम्मका महिला तथा पुरुष छन्।

आज थपिएका संक्रमितसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २० हजार ८१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।कर्णालीमा अहिलेसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ९२८ पुगेको छ। उक्त प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।