उपत्यकामा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र १, सोमबार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३९ जना, ललितपुरका १ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्र काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना देखिएको थियो ।