सुर्खेतमा भोलीदेखि निषेधाज्ञ जारी, बर्खिलाप गरे कारवाहि गरिने

सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भोली भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो ।

कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले भोली भदौ १ गते बिहानदेखि भदौ ५ गते राति १२ बजेसम जारी गरेको जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञ जारि गरेको बताइएको छ । साथै निशेधाज्ञ उलंघन गरे प्रचलित कानुन अनुरूप कारवाहि गरिने जनाइएकाे छ । 

जिल्ला प्रशासन कार्यालयले अत्याबश्यक सेवा, एम्बुलेन्स, शबवहान,दमकल,झन्डावाल गाडि कुटनितिक नियाेगका एंब प्रेसका गाडिहरू भने चल्न दिने जनाएको छ ।