नेबिसंघद्वारा देशव्यापी आन्दोलन गर्ने घोषणा
काठमाडौं , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गिरफ्तार गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन । नेविसंघले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको तत्काल रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै भदौ २ गते देशव्यापी प्रदर्शन गरिने उल्लेख छ । त्यसअघि नेविसंघले भदौ १ गते देशभरका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । यसअघि नेविसंघले शुक्रबार काठमाडौं उपत्यका भित्रका सरकारी क्याम्पसमा तालाबन्दी गरेको थियो ।
त्रिविले आफ्ना माग सुनुवाइ नगरेको विरोधमा उपकुलपति कार्यालय लगायतमा नेविसंघले तोडफोड गरेपछि आठ जना पक्राउ परेका थिए । नेविसंघले भने शान्तिपूर्ण आन्दोलनमा सहभागी नेविसंघ नेताहरूलाई झुट्टा मुद्दा लगाइएकाले आन्दोलन घोषणा गर्नु परेको नेबिसंघले जनाएको छ ।