सोमबार नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं, सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक महिनापछि सोमबार बस्ने भएको छ । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण तथा समसामयिक बिषयहरुमा समेत छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गतिरोध अन्त गर्नको लागि सचिवालय बैठक बसेर निकास खोज्नुपर्ने भन्दै सचिवालय बैठक बस्नु पर्ने माग राख्दै आएका थिए । साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको थिएनन ।
साउन ३ गतेको सचिवालय बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए। बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाए पनि बैठक पछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताएका थिए ।
त्यस यता अध्यक्षद्धय ओली र दाहालविचको टकरापले बैठक मात्रै होइनन,दुइअध्यक्षबीच झण्डै ९ दिन सम्म सामान्य संवाद समेत हुन सकेको थिएन । साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक आयोजना गरेका थिए। शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानतर्फ गएको हो की भन्ने आशा पलाएको नेताहरुले बताएका छन ।