राप्ती नदी संरक्षणका लागि देउखुरीको भालुवाङमा वृहत भेला ,
भालुवाङ ,राप्ती नदी तथा पर्यावरण संरक्षणका लागि शनिबार देउखुरीकाे भालुवाङमा बृहत भेला सम्पन्न भएको छ । पूर्वी देउखुरीमा राप्ती नदीमा व्यापक दाेहन हुन थालेपछि पहिलाे पटक नागरिक स्तरबाट गठित राप्ती नदी तथा पर्यावरण संरक्षण समितिकाे आयाेजनामा उक्त बृहत्त भेला सम्पन्न भएकाे हाे ।
समितीका संयोजक टोपबहादुर कार्कीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथी पाेख्रेलले राप्ती नदीलाई दाेहनबाट बचाई उपयुक्त उपयाेग तथा सही व्यवस्थापन गरिनु पर्ने बताए । उनले राप्ती नदी देउखुरीबासीका लागि बरदान हाे, यसलाई कुनै पक्षबाट अभिसाप बनाईनु हुँदैन, बरू यसकाे सही उपयाेग र व्यवस्थापन गर्नु पर्छ प्रमुख अतिथी पाेख्रेलले भने ।
म व्यक्तिगत तथा राप्ती उवासंघकाे तर्फबाट समेत स्थानीय, प्रदेश र केन्द्र सरकारबाट राप्ती नदीलाई पर्यापर्यटन क्षेत्रकाे रूपमा विकास गरि प्रशस्त राेजगारकाे वातावरण सिर्जना गर्नु पर्छ प्रमुख अतिथी पाेख्रेलले भने । त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि एवम् गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चाैधरीले राप्ती नदीलाई जनताले मात्र नभई जनप्रतिनिधिहरूले पनि बचाउन तर्फ लाग्नुपर्ने बताइन् । यसका लागि नागरिकस्तरबाट उठेकाे अवाज अत्यन्तै स्वागतयाेग्य भएकाे उपाध्यक्ष चाैधरीले बताइन् ।
अब राप्ती नदी संरक्षण गर्ने जिम्मा हामी जनप्रतिनिधिकाे हाे यसका लागि हामी सचेत भएर लाग्छाै उनले भनिन् । उनले खाेला, नदीनाला सम्बन्धि बनेकाे ऐन स्थानीयतह, प्रदेश सरकार र केन्द्रीय सरकारकाे फरक-फरक हुँदा समेत समस्या भएकाे बताइन् । यसका लागि तीन तह सरकारकाे आवश्यक समन्वय हुन आवश्यक रहेकाे समेत बताईन् ।
राप्ती नदी तथा पर्यावरण संरक्षण समितिका सचिव होमप्रसाद शर्माको स्वागत मन्तव्य तथा शहिद प्रति १ मिनेट माैन धारण एवम् राष्ट्रिय गानबाट शुरू भएकाे भेलालाई सम्बाेधन गर्ने बक्ताहरूले कुनै पनि हालतमा राप्ती नदीमा दाेहन हुन नदिने बताएका थिए । राप्ती नदी हामी देउखुरीबासीका लागि बरदान हाे, यसलाई कुनै पक्षबाट अभिसाप हुन दिंदैनाैं बाेल्ने बक्ताहरूकाे जाेड थियाे । साथै कार्यक्रममै बाेल्ने बक्ताहरूले वातावरण तथा पर्यावरण संरक्षण जस्ताे महत्त्वपूर्ण बिषयमा देउखुरीकाे चार वटै स्थानीयतहका जनप्रतिनिधिकाे उपस्थिती नरहँदा बक्ताहरूले जनप्रतिनिधि बिरूद्ध आक्राेश समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका मेयर तथा अध्यक्षहरूलाई कार्यकक्षमै गएर पत्रद्वारा आमन्त्रित गरिएकाे भएता पनि सहभागी नभएकाेमा आयाेजक तथा कार्यक्रमका व्यक्तहरूले खेद व्यक्त गरेका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापा, नेकपा राप्ती गाउँपालिका कमिटीका इन्चार्ज किरण भण्डारी, नेकपा राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, जनता सामाजवादी पार्टी लमही नगर समितिका इन्चार्ज भरतलाल चाैधरी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका एरिया कमिटीका अध्यक्ष केशवराज खनाल, जनता सामाजवादी पार्टी गढवा गाउँ कमिटीका अध्यक्ष जगतराम यादव, राष्ट्रिय जनमोर्चा गढवा गाउँ कमिटीका अध्यक्ष कपिलदेव खनाल, राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका कमिटीका प्रतिनिधि रामफकिरे रैदास, मानवकल्याण तथा वातावरण संरक्षण केन्द्र गढवाका अध्यक्ष उमाकान्त पन्त, सामुदायिक वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा, सामुदायिक वन महासंघ राजपुरका अध्यक्ष रामवरण यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्कीकाे अध्यक्षतामा २७ सदस्यीय बिद्यान मस्यौदा समिती चयन
यता भेलाले टोपबहादुर कार्कीको अध्यक्षतामा २५ सदस्यीय राप्ती नदी तथा पर्यावरण संरक्षण विद्यान मस्याैदा समिति समेत सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा अनिता पाण्डे कुवर, सचिवमा होमप्रसाद शर्मा, कोषाध्यक्षमा प्रेम जिसी, सहसचिवमा विशेश्वरप्रसाद खनाल रहेका छन् । त्यसैगरी उक्त समितीकाे सदस्यहरूमा हस्तबहादुर गुरूङ, ओमप्रकाश गुप्ता, भिमप्रकाश पुन, गिरबहादुर जिएम, भरतलाल चाैधरी, कर्णबहादुर केसी, लालबहादुर चाैधरी, टेकबहादुर बानिया क्षेत्री, राजबहादुर सारू, बेदुलाल सुवेदी, फुलराम चाैधरी, शंकर चाैधरी, रामबहादुर कुवर योगी, पञ्चराम यादव, रामवरण यादव, रितु राना, लक्ष्मी बुढाथोकी मगर, सुरेश मोक्तान, विरबहादुर चाैधरी, पल्तु चाैधरी, मोहम्मद सलिम हलुवाइ र भरत केसीलाई चयन गरेको छ । भेलाले राप्ती नदी तथा पर्यावरण संरक्षण समितिको विधान मस्यौदा २०७७ लाई व्यापक छलफल गरी संस्था दर्ताका लागि प्रक्रिया अगाडि बढाउन सर्वसहमतीले निर्णय समेत गरेको छ ।
हस्तबहादुर गुरूङले धन्यबाद ज्ञापन गर्नुभएकाे भेलामा सशस्त्र प्रहरी बल २९ नम्बर जिल्ला हेडक्वाटर ज्वालामाई गण भालुवाङका प्रमुख एसपी टाेपबहादुर खनाल, प्रगन्ना तथा बड्कापथ सिचाई याेजना लमहीका इन्जिनियर बिहारीलाल भुमिक र इन्जिनियर रामकुमार शाह लगायतका आतिथ्य रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश सभासद महेश रिजालले गरेका थिए ।